पाल्पा,६ मंसिर ।
पाल्पाको माथागढी गाउँपालिका–३, अगेनी सिमलघाटस्थित तिनाउ खोलामा एक युवकको शव फेला परेको छ ।
मृत फेला पर्नेमा स्थानीय २८ वर्षीय निलप्रसाद घर्ती रहेका छन् ।
खोला किनारमा शव फेला परेको जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलकाे प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याइएको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।