बुटवल,१२ साउन ।
रुपन्देहीकाे बुटवल स्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका बालकको शव फेला परेको छ ।

बुटवल उपमहानगरपालिका-११ सिर्जनानगरमा आफन्तको घरमा आएका दुई बालक शुक्रबार दिउँसो बुटवल- ११ बुद्धनगर स्थित तिनाउ नदिमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए ।

नदिमा बगेकामध्ये १२ वर्षीय विवश खत्रीको शव शुक्रबार साँझ नदी छेउमा भेटिएको थियो भने ८ वर्षीय बिप्रन पाण्डेकाे शव शनिबार फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

आफ्नी आमासँग सानीआमाको घरमा आएका बागलुङको बरेङ गाउँपालिकाका-१२ वर्षीय विवश खत्री र सैनामैना नगरपालिकाका-८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा पाैडी खेल्ने क्रममा बगेका थिए । बिप्रन को शव शनिबार बिहान तिलोत्तमा को गोरकटवा नजिक नदी किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।