काठमाण्डौ,१७ जेठ ।
कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा २० हजार ५०० सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ३०५ रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







