काठमाडौँ,१७ जेठ ।
एशियन गेम्सको पुरुष क्रिकेटतर्फको क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले १२९ रनको शतकीय पारी खेलेका थिए । भुर्तेलले ४३ बलमा १२९ रन बनाएका थिए ।

त्यस्तै कुशल मल्लले ४७ बलमा अविजित ८५ रन बनाए भने रोहित पौडेलले २१ बलमा अविजित ६९ रन बनाएका थिए । त्यस्तै आसिफ सेख ११ रन बनाएर आउट भएका थिए ।

यो टी-२० अन्तराष्ट्रिय क्रिकेटमा बनेको तेस्रो ठुलो टोटल हो । यसअघि जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाएको थियो भने नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।