“फरक संस्था तर काम कारवाही समान रहेका संघ संस्था बीच कार्यगत एकतामा जाेड”
बुटवल,११ बैशाख ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितीले यस क्षेत्रका यातायात व्यवसायी सम्बद्व संस्थाका नयां नेतृत्वमा चयन भएका व्यवसायीलाई सम्मान गरेको छ ।
फरक संस्था तर काम कारवाही समान रहेका पश्चिम नेपाल बस व्यवसायी प्राली र ढुवानी व्यवसायी महासंघमा हालै निर्वाचित पदाधीकारीहरुलाई पश्चिमाञ्चल यातायात व्यवसायी समितीले सम्मान गरेको छ ।
दुवै संस्थाका पदाधीकारी हरुलाई समितीका अध्यक्ष टीकाराम गौतम पूर्व अध्यक्षहरु अर्जुन रानाभाट, रामेश्वर श्रेष्ठ ,लोकराज पोखरेल, गुप्त बहादुर केसी ,यम प्रसाद पाण्डे ले सम्युक्त रुपमा सम्मान गरेका हुन् ।
सो अवसरमा वोल्दै पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेलले संस्था गत रुपमा यी र यस्ता संस्थाहरु एक आपसमा मिलेर अगाडी बढन जरुरी रहेको भनदै नीति गत रुपमा समन्वय गर्न आवश्यकक रहेको बताए ।
कार्यक्रममा ढुवानी व्यवसायी महासंघका अध्यक्ष माधव नेपालले नेपाल ट्रक व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, पेट्रोलियम ढुवानी व्यवसायी र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीचको सहकार्यलाई थप मजवुद बनाउन पर्ने सुझाव दिए ।
नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष
यम प्रसाद पाण्डेले यस क्षेत्रका तीन वटा संस्था मिलेर अगाडी बढेमा आफ्ना समस्या समाधानमा सहज हुने धारणा राखे ।
सोही कार्यक्रममा नेपाल ट्रक व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले मुलुक भरका यातायात क्षेत्रमा क्रियाशिल विभिन्न संस्थाहरुलाई एकतावद्ध गराएर अगाडी बढाउन आफनो कार्यकालवाट शुरु गरेको जानकारी गराउदै त्यो प्रयास अहिले पनि निरन्त्रर जारी रहेको बताए ।
समितीका अध्यक्ष टीकाराम गौतमको अध्यक्षतामा भएको कार्यक्रम कार्यालय प्रमुख बावुराम अधिकारीकाे संचालनमा सम्पन्न भएको समितिले जनाएको छ ।