बुटवल,३ बैशाख ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रादेवी अर्यालले आफ्नो जन्मदिन गाैशालामा मनाएकी छन् ।

उनलेे साेमबार बुटवलको शिवनगर सामुदायिक बनमा सञ्चालित नन्दनी गाैशालामा रहेका गाई गाेरूलाई पाैष्टिक आहार खुवाएर जन्मदिन मनाएकी हुन् ।
जन्मदिनको अवसरमा उनलेे गाैशालाका लागि १० क्विन्टल साइलेज,२८ केजी ( एक बाेरा ) भेली र ५ केजी चिउरा दालमाेठ नगर प्रमुख खेलराज पाण्डेलाई हस्तान्तरण गरिन् ।
त्यस क्रममा नगर प्रमुख पाण्डेले फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा यस्तै पराेपकारी काम गर्नुपर्नेमा जाेड दिए ।
साे अवसरमा उपप्रमुख अर्यालले हाेटलमा पिज्जा र बर्गर खाएर जन्मदिन मनाउनु भन्दा साे रकमबाट गाैशालामा रहेका पशु चाैपायालाई दाना खुवाउनु उपयुक्त हुने ठानेर आफुले गाैशालामा जन्मदिन मनाउने निर्णय गरेको बताइन् ।
गाैशालामा रहेका गाई गाेरूलाई पाैष्टिक आहार खुवाउनु धार्मिक हिसाबले पनि राम्रो हुने विश्वास ब्यक्त गर्दै उनलेे उपमहानगरपालिकाका सबै जनप्रतिनिधिहरूले आफ्नो गच्छेअनुसारकाे खर्च गरेर गाैशालामै जन्मदिन मनाउन आग्रह गरिन् ।
जन्मदिनको अवसरमा उपप्रमुख अर्यालले १० क्विन्टल साइलेज,२८ केजी ( एक बाेरा ) भेली र ५ केजी चिउरा / दालमाेठ गाैशालालाई हस्तान्तरण गरेको उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख ठगिश्वर पाेखरेलले जानकारी दिए ।
पछिल्लो समय बुटवल बजारमा छाडा छाेडिएका गाई,गाेरूलाई बुटवल उपमहानगरपालिकाले शिवनगर स्थित नन्दनी गाैशालामा राखेर पालनपोषण गरिरहेको छ ।
गाैशालामा हाल सात सय गाई गाेरू रहेको उपमहानगरपालिकाले जनाएको छ ।






