दाङ,२ बैशाख ।
माटोको ढिस्कोले पुरिएर दाङको घोराहीमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ कर्मटेका १२ वर्षीय माधब चौधरी र १२ वर्षीय आशिष चौधरी रहेका छन् ।
आइतबार दिउँसो घोराही–९ आन्द्रभरैयास्थित बबई नदी छेउमा माटो निकालेकाे खाल्डोमा खेलिरहेको अबस्थामा माथिबाट ढिस्को खसेर उनिहरूकाे मृत्यु भएको जिल्ला प्रहरी कार्याल दाङका सूचना अधिकारी डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
माटोले पुरिएर घाइते भएका बालकहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।






