बुटवल,१ बैशाख ।
रूपन्देहीको मायादेवी गाउँपालिका-१ ऐरौलीस्थित सडकमा रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठाेक्किदा मोटरसाइकल चालककाे मृत्यु भएको छ ।
शनिबार बिहान लु.३ त ६७३३ नम्बरको ट्याक्टरमा लु.३९ प ४१३२ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ महदेवा बस्ने ३० वर्षीय लक्ष्मण कहारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटसाइकलमा सवार अन्य ३ जना उपचार पश्चात घर फर्किएका छन् । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।









