बुटवल,१ बैशाख ।
संस्कृतविद्या शिरोमणि प्रा.डा. वेणिमाधव ढकालकाे ‘श्रीमद्भागवत महापुराण’ पुस्तक लोकार्पण गरिएको छ ।

स्वर्गद्वारी महाप्रभु हंसानन्दका नाममा तयार पारिएको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ नेपाली टिका (नेपाली अनुवाद) रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगर स्थित आफ्नै घरमा आयोजना गरिएको साताव्यापी श्रीमद्भागवत महायज्ञमा व्यासाचार्य वेणिराम घिमिरेले लोकार्पण गरेका हुन् ।

उनको लेखनमा प्रकाशित पछिल्लो ‘श्रीमद्भागवत महापुराण’ लोकार्पणका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगर स्थिती आफ्नै घरमा श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको उनलेे बताए ।

नेपाली नरनारीहरुलाई वर्णासन धर्मको महत्व बुझाउन तथा भागवतलाई नेपाली जनजीवनमा सकारात्मक पार्ने जीवन र जगतका बारेमा जानकारी दिन ‘श्रीमद्भागवत महापुराण’ नेपाली टिका (अनुवाद) ल्याईएको टिकाकार एवं सम्पादक ढकालले बताए ।

विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको यो पुस्तक २ हजार १ सय भन्दा बढी पृष्ठमा प्रकाशित छ । पुस्तकको मुलग्रन्थ १२ स्कन्द रहेका छन् । त्यस्तै पूर्वाद्धमा ८ र अत्तराद्र्धमा ४ खण्डमा विभाजन गरिएको छ । त्यसैगरी ८ खण्डमा रहेको पूर्वाद्धमा भगवानको जीवन लिला र ४ खण्डमा रहेको उत्तराद्र्धमा अध्यात्म लिलाको बारेमा वर्णन गरिएको टिकाकार ढकालका साईला छोरा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सिन्दुमाधव ढकालले जानकारी दिए ।

पुस्तक ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण कार्यक्रममा रमेश समर्थन र दीवाकर ढकालले पुरस्तकको समिक्षा गरेका थिए । पुस्तककाे समिक्षा गर्दै उनिहरुले भगवन्मय पवित्र पुराणतिलक श्रीमद्भागवतको हंसानन्दी नेपाली टीकासहित प्रकाशित हुनु नेपाल र नेपालीहरूका लागि गौरवको विषय भएको बताए ।

सरल नेपाली भाषामा प्रकाशित भएकाले आम नेपाली समाजमा अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गरे ।

पाल्पाको रिब्दीकोट गाउँपालिका ठिमुरे पौरखनीमा जन्मिएका टिकाकार ढकालले हालसम्म ६० बढी पुस्तक प्रकाशन गरिसकेकाे उनको परिवारले जनाएका छन् ।

उनका जेष्ठ पुत्र भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक नवेन्दु ढकालका अनुसार संस्कृतविद्या शिरोमणि प्रा.डा. ढकालका ‘श्रीमद्भागवत महापुराण’ सहित ‘शैलेश’, ‘जय ज्योतिष्मती मुमा’, ‘मल्लकाले काष्ठमण्डपोपत्यकायां लिखितानां संस्कृतनाटकानां समालोचनात्मककमध्ययनम्’, ‘हरिकेलिम महाकाव्यम्’, ‘संस्कृत भाषा कक्षा ८’, ‘ब्रह्मासुत्रशांकरभाष्यम्’, ‘हरिकेलिनवनितम’ ‘अर्जुन शोककाव्य’, ‘लिच्छविकालिनकानाममिलेखानां साहित्यिकमनुशिलनम’, ‘काव्यदीपिका’, ‘श्रीचन्द्रसम्भवमहाकाव्यम्’, ‘स्तुतिकुसुमाञ्जलिः’ ‘दिव्यलक्ष्मी स्मृतिकाव्य’, ‘श्रीगणेशपुराणम्’, ‘श्रीकार्तवीर्योदयमकरन्दः’, ‘रश्मिप्रभास महाकाव्य’, ‘विवाहपद्धती’, ‘ निर्णयसिन्धुः’, ‘स्वर्गद्वारीके महाप्रभु’, ‘आन्हिकसुत्रावलिः’, ‘पुराणंमा नारी’ लगायतका कृति प्रकाशित छन् ।

त्यसबाहेक उनले धेरै पत्रपत्रिका लगायतका पुस्तकहरुको सम्पादन समेत गरेकाे बताइएको छ ।