पाल्पा,२९ चैत ।
पूर्बी पाल्पाको रामपुर नगरपालिका–६ मा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । स्याङजाको चापाकोटबाट रामपुर नगरपालिका–७, रातमाटा तर्फ आउँदै गरेको लु ९२ प ८२५७ नम्बरको स्कुटरलाई विपरित दिशातर्फ जादै गरेको लु ४ त ४०२ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा स्कुटर चालक चापाकोट नगरपालिका–२ स्याङ्जाका २४ वर्षीय छविलाल श्रेष्ठ, रामपुर नगरपालिका–७, रातमाटा पाल्पाकी ४९ वर्षीय विष्णु कुमारी श्रेष्ठ र बौदीकाली गाउँपालिका–२, डेढगाउँ पूर्व नवलपरासीकी ७ वर्षीय संस्कार श्रेष्ठ रहेका छन् ।

घाइतेहरुको रामपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।