बुटवल,२९ चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेख बहादुर महराले मुस्लिम धर्मावलम्बीहरूकाे महान पर्व इद उल फित्रकाे अवसरमा शुभकामना दिएका छन् ।

इद उल फित्रकाे अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री महराले नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपुर्ण मुलुक रहेको र हाम्रा धार्मिक, सांस्कतिक पर्वहरुले सबै समुदाय बीच एक आपसमा सदभाव भातृत्वको विकास गरी एकतावद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।