बुटवल,२८ चैत ।
संयुक्त अटो रिक्सा मजदुर समितिले बुटवल उपमहानगरपालिका अगाडि धर्ना दिएका छन् ।

आफ्नो हक हितका लागि बुटवल उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउन गएका अटो रिक्सा मजदुरहरूमाथी नगर प्रहरीले कुटपिट गरेको र आफुहरूका माग प्रति बेवास्ता गरेको बिराेधमा धर्ना दिएको संयुक्त अटो रिक्सा मजदुर समिति बुटवलका अध्यक्ष फुल कुमार चाैधरीले बताए ।

कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष खगेन्द्र पाैडेल,महािसंघ रूपन्देहीका अध्यक्ष प्रेम बिसी,तिनाउ ई रिक्सा मजदुर समिति बुटवलका अध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठ,भीम सुनार लगायतले पेसागत माग राखेर ज्ञापनपत्र बुझाउन गएका स्वराेजगार मजदुरहरूमाथी कुटपिट गर्नु दुखद भएको बताए ।

उनिहरूले स्थानीय सरकार स्वराेजगार जदुरहरूलाई दुख दिने नभई सहयोगी बन्नुपर्नेमा जाेड दिए ।

मुलुककाे राजनीतिक परिवर्तनमा मजदुरहरूकाे भुमिका महत्त्वपूर्ण रहेको भन्दै उनिहरूले मजदुरको शक्तिलाई कम नआक्न चेतावनी दिए ।

यसअघि बुटवलको रानीगञ्जबाट सुरु भएको अटो रिक्सा सहितको बिराेध जुलुस मिलन चाैक,बसपार्क,अस्पताललाइन नगरपालिका गेट अगाडि पुगेर काेणसभामा परिणत भएको थियो ।

उनिहरूले अटो रिक्सा सञ्चालनका लागि दाेहाेराे बिलबुक,दाेहाेराे कर हटाउनुपर्नेलगायतका माग गरेका छन् ।

संयुक्त अटो रिक्सा मजदुर समितिका सचिव भेषराज पाैडेलले ब्यवसायीक हक हितका लागि ज्ञापनपत्र बुझाउन गएका मजदुरमाथि उपमहानगरपालिकाले नगर प्रहरी लगाएर कुटपिट गर्नुका साथै केही अटो रिक्सा मजदुरका कागजपत्र समेत कब्जामा लिएको दाबी गरे ।