काठमाडौं,२८ चैत ।
सरकारले भोलि सार्वजनिकबिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ।

ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ ।