धनगढी,२६ चैत ।
पार्टीभित्रको विवादका कारण नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभाकी समानुपातिक प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकि छन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादका कारण अध्यक्ष श्रेष्ठले सांसद गिरीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गरेकी हुन् ।

समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना अध्यक्ष श्रेष्ठले प्रदेश सभामा दर्ता गरेपछि आज सभामुखको आदेशमा प्रदेश सभा सचिवालयले गिरीलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी अहिले केन्द्रीय गठबन्धनसँग नजिक छन् भने संरक्षक रेशम चौधरी कांग्रेससँग सहकार्य गरेर सुदूरपश्चिममा सरकार बनाउने अडानमा रहेपछि विवाद बढेको हो ।