विराटनगर,४ असाेज ।
राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन । साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दाहाललाई पक्राउपछि काठमाडौं पठाउने तयारी गरिएको छ । उनलाई कुन मुद्दामा पक्राउ गरिएको हो भन्ने बिषयमा प्रहरीले कुनै जानकारी दिएको छैन । पछिल्लो समय उनलेे बालेन शाह नेतृत्वको सरकारविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका थिए ।
दाहाल बेलबारीमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका थिए । उक्त कार्यक्रमबारे कुनै जानकारी नभएको प्रहरी उपरीक्षक कटुवालले बताएका छन् ।






