काठमाण्डौ,१९ चैत ।
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शुरू हुनेछ । एक खेलअघिनै नेपालले शृङ्खला गुमाइसकेको छ ।

शृङ्खलाको यसअघिका दुवै खेल जितेको आयरल्यान्ड ‘ए’ ले उपाधी जितिसकेको छ । आज नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ ।

टी–२० शृङ्खलापछि यी दुई टोलीले पर्सि बुधवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् ।

आयरल्यान्ड ‘ए’लाई आयरल्यान्ड–उल्भ्सको नाम दिईएको छ ।