काठमाडौ,१५ चैत ।
उत्तरपुस्तिका हराएको घटना छानबिन गरि दोषी माथि कारबाहीकाे माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।
गत बैशाखमा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ र ‘फाउण्डेसन अफ एजुकेसन’ विषयको १८३ परीक्षार्थीको उत्तर पुस्तिका हराएको थियो ।
विश्वविद्यालयको चरम लापरबाहीले विद्यार्थी मर्कामा परेको र विश्वविद्यालयको विश्वासनियतामाथी प्रश्न उठेकोलृ विरोधमा उत्रिएकाे नेविसंघले जनाएकाे छ ।
नेविसंघका नेता कार्यकर्ताहरूले दोषीलाई कारबाहीको माग गर्दै उपकुलपतिको कार्यालय अघि विरोध प्रदर्शन गरेका हुन् ।
घटनाको बारेमा शिक्षामन्त्री सुमना श्रेष्ठ र त्रिविका उपकुलपति केशरजंग बरालको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । उत्तरपुस्तिका हराएका विद्यार्थीका लागि २१ चैतमा पुन परीक्षा लिने त्रिविले जनाएको छ ।








