काठमाडौं,१२ चैत ।
ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ ।

गए राति नौ बजेको समयमा दुई समूहबीच ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका छन् । मृतकको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

“राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन”, उनले भने ।

उनीहरुबीच होली खेल्ने क्रममा विवाद भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनामा संलग्न भएको आशङ्कामा गए राति नै १८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।