काठमाण्डौ,११ चैत ।
काठमाण्डौसहित देशका पहाडी जिल्लामा आज होली पर्व हर्षाेल्लाषका साथ मनाइएको छ ।

आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागु हर्थात होली आज देशका हिमाली र पहाडी क्षेत्रमा मनाइएकाे हो ।

होलीका दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । सरकारले आज होली पर्वको अबसरमा हिमाली र पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन पर्सिसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको थियो । सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार जना प्रहरी परिचालन गरिएको छ ।

काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको थियो । अहिले बसन्तुपर, दरबारमार्ग, पाटन दरबार स्क्वायर, जावलाखेल, भक्तपुर दरबार स्क्यायर लगायतका ठाउँमा सयौँ मानिस जम्मा भएर होली खेलेका थिए ।

यसवर्ष काठमाडौँमा मर्यादितरुपमा होली मनाइरहेको देखिएको छ । युवायुवती स्वतःस्फूर्तरुपमा सडकमा पुगेर रङ खेलेर रमाइलो गरिरहेका देखिन्थे ।

त्यस्तै आज लुम्बिनी प्रदेशका पहाडी जिल्ला पाल्पा,गुल्मी,अर्घाखाँची,प्युठान,रूकुम,राेल्पामा पनि हर्षाेल्लाषका साथ हाेली मनाइएको समाचार प्राप्त भएको छ ।

तराईका जिल्लामा भने साेमबार हाेली पर्व मनाउने तयारी छ ।