बुटवल, ८ चैत्र ।
नेपालकै ठुलो यातायात व्यवसायीहरुको संस्था पश्चिम
नेपाल बस ब्यबसायी प्रा.लि.बुटवलको चौथो बार्षिक साधारण सभा तथा दोश्रोअधिबेशन आगामी १६ र १७ गते बुटवलमा सम्पन्न हुने भएको छ ।
बिसं २०२६ सालमा स्थापना भएको भएपनि प्रालिमा रुपान्तरित भएका कारण पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.बुटवलको चौथो बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशन
हुने भएको हो ।
हाल कुल २२ सय शेयर सदस्य रहेको तथा कम्पनी ऐन २०६४ अनुसार पश्चिम नेपाल बस ब्यबसायी संघबाट रुपान्तरित प्रा.लि.को हालै बसेको बैठकले अधिबेशन तथा
साधारण सभा सम्बन्धी निर्णय गरेको अध्यक्ष दधिराम खरेलले बताए । अध्यक्ष खरेलका अनुसार बिगतमा पश्चिम नेपाल यातायात समिति, बस ब्यबसायी संघ हुँदै प्रा.लिमा रुपान्तरित पश्चिम नेपाल बस ब्यबसायी प्रालिको चौथो बार्षिकसाधारण सभा तथा दोश्रो अधिबेशनको तयारी अन्तिम चरण पुगेको छ ।
बुटवलस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न हुने सो साधारण सभा तथा अधिबेशनको आवश्यक तयारी भैरहेको प्रालिका प्रबन्ध सन्चालक रामचन्द्र भुसालले जानकारी गराएका छन् ।
नेपालका नयाँ शहर निर्माण, मुलुकको समृद्धि र बिकासमा यातायात क्षेत्रको भुमिका महत्वपुर्ण रहेको दावी भुसालको छ ।
प्रबन्ध संचालक भुसालका अनुसार पछिल्लो समय बिशेष रुपमा ब्यबसायिक हकहित,सवारी ब्यबस्थापन र दुर्घटना न्यूनिकरणमा टेवा पुराउने उद्देश्यले बिभिन्न नितिगत, बिधिगत र सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.को सो अधिबेशनले आगामी ३ बर्षका लागिनयाँ संचालक समिति चयन गर्ने छ ।
प्रालि.ले सार्वजनिक यातायात सेवालाई थपब्यबस्थित र मर्यादित बनाउने कुरामा जोड दिईरहेको प्रालि.का संचालक तथा
लेखा संयोजक मोहन पिएसले बताएका छन् ।
प्रालिका संचालक एवं सवारी ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरण समितिका संयोजक नारायण घिमिरेका अनुसार बिसं २०२६ सालमा पश्चिम नेपाल यातायात समितिको नाममा स्थापना भएको भएको सो पश्चिम नेपाल बस ब्यबसायी संघ हुँदै आर्थिक बर्ष २०७५/०७६ मा प्रालिमा रुपान्तरित भएको थियो ।
स्थापना कालदेखि नै ब्यबसायिक हकहित संरक्षणमा जोड दिँदै आएको प्रालिले बिभिन्न समयमा उत्कृष्ट ब्यबसायी, लामो समयदेखि दुर्घटना नगरि सुरक्षित यात्रा गराउने उत्कृष्ट चालकहरु र संचार क्षेत्रबाट यातायातको क्षेत्रमा सहयोग पुराउने पत्रकार लगाएतलाई पुरस्कृत एवं सम्मान प्रदान गर्दै आईरहेको संचालक घिमिरेको भनाई छ ।








