चितवन,७ चैत ।
चितवनको भरतपुर महानगरपालिका–२९ दाशढुङ्गास्थित सडकमा ना.७ ख ७६४ नम्बरको ट्रकले ना.५ प ८१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २० वर्षीय पुरूषको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गए राति भएको दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।