काठमाडाैं,६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी सम्बन्धि अनुसन्धानमा गृहमन्त्री रवि लामिछाने दोषी देखिए कारबाही गर्न कसैले रोक्न नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाकाे बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री उक्त कुरा बताएका हुन् ।
उनलेे हालसम्मको अनुसन्धानले रवि लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उनी कहीँ कतै जोडिएको नदेखिएको दाबी गरे ।
सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते परेको जाहेरी दरखास्तमा कसैको नाम नकिटिएको उनलेे बताए ।
मूल उजुरी परेको ६ महिनापछिगएको माघ १६ गते कास्की जिल्ला प्रहरी कार्यालयमा पुरक जाहेरी दिइएको थियो जसमा उनि समेत १८ व्यक्ति तथा कम्पनीलाई विपक्षी बनाइएको थियो। मूल उजुरीपछि थप प्रमाणहरु भेटिएमा पुरक जाहेरी दिई अनुसन्धान गर्न सकिने प्रावधान हुन्छ ।
प्रवाह भएको भनिएको ऋण फरछ्यौट भइसकेको समेत देखिन आएकोले उनको हकमा अनुसन्धान गर्नुपर्ने नै देखिन्न भन्ने प्रहरी निश्कर्ष रहेको उनलेे सुनाए ।
उनलेे भने-“यदि अनुसन्धानबाट केही कैफियत देखिएमा रवि लामिछानेलाई कारबाही गर्ने कुरामा पनि कसले रोक्न सक्ने छैन ।”








