काठमाडौं, ६ चैत ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेकाे छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरुले विरोध जनाउँदै आएका छन् ।

नेपाली कांग्रेसले संसदमा र नेविसंघले सडक मार्फत आवाज उठाउँदै आएको छ ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैक्रममा सोमबार चाबहिलको पशुपति क्याम्पसका नेविसंघ विद्यार्थीहरुले लामिछानेको पुत्ला दहन गरेका थिए । उनीहरु मंगलबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले अर्थमन्त्री वर्षमान पुन विरुद्ध पनि प्रदर्शन गरे ।