बुटवल,५ पुस ।
बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा आजदेखि शिवशक्ति,११ अतिरुद्री, अचुतचण्डी, राष्ट्रकल्याण महायाग ९४ दिनमा समापन भएको छ ।

महायागकाे आइतबार अपरान्ह एक कार्यक्रमकाबीच १००८
स्वामि विवेकानन्दले समापन गरेका हुन् ।

साे अवसरमा भक्तजनलाई सम्बाेधन गर्दै स्वामी विवेकानन्दले काम,क्राेध,लाेभ,माेह त्यागेर भगवानकाे मान्छे बनेर बाच्न सक्नुपर्ने बताए ।

दिनचर्यालाई सहि रूपमा परिचालन गर्न नसके सुख नभेटाई जीवन समाप्त हुने भन्दै उनलेे राष्ट्र कल्याणका लागि सञ्चालन भएको दुर्लभ र अति कठिन महायाग सफलतापूर्वक सम्पन्न गर्नु ठूलो उपलब्धि भएको बताए ।

संसारमै कतै नभएको यस्तो अनुष्ठान बुटवलमा हुनु यश क्षेत्रका भक्तजन भाग्यमानी उनको भनाइ थियो ।

धामकी संरओक तथा अध्यक्ष देवमाया भट्टराईकाे सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे,यज्ञाचार्य डा राजेन्द्र रेग्मी,आचार्य हाकिम भण्डारी (वशिष्ट), धामका ‌बरिस्ठ उपाध्यक्ष चुडामणिा पाैडेल,कार्यक्रम प्रस्ताेतन तथा पत्रकार खेमराज रेग्मी लगायतले महायागकाे महत्त्व बारेमा आ आफ्नो धारणा राखेका थिए ।

साे अवसरमा महायागकाे प्रचारप्रसारमा सहयोग गरेको भन्दै पत्रकार प्रकाश खनाल,ललित पाण्डे,इन्द्रबहादुर खत्री,सुजिता श्रेष्ठ, हरिलाल बस्याल,नरेश अधिकारी,चन्दादाताहरूलाई सम्मान गरिएको थियो ।

महायागमा यज्ञआचार्य डा. राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी (वशिष्ट) लगायत १ सय २१ जना ब्राह्मणबाट ३ महिना अवधिभर नै बेदका रिचा, पुराणका उपासना मन्त्रजप गरिएकाे धामकी संरक्षक तथा अध्यक्ष माता देवमाया भट्टराईले बताईन ।

महायागमा पुर्व राजा ज्ञानेन्द्र,लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी,मन्त्री तथा प्रदेश सभा सदस्यहरूकाे समेत समेत सहभागीता रहेको थियो ।

महायाग सफल बनाउन १९ वटा उपसमिति गठन गरिएको धामका महासचिव भिम प्रसाद भुर्तेलले जानकारी दिए ।

कक्षा ६ देखि १२ कक्षासम्म पठनपाठन हुने गुरुकुलमा हाल ७५ जना छात्रहरु अध्ययन गरिरहेका छन् ।