काठमाडौं, ४ चैत ।
प्रतिनिधि सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गर्ने सम्भावित कार्यसुचि रहेको छ ।

यसका साथै, आजै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्न्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।