काठमाण्डौ,३ चैत ।
आठौं राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आजदेखि राजधानी काठमाडौंमा शुरु भएको छ ।
च्याम्पियनसिपको आज काठमाण्डौको दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका हुन् ।
आज भएको खेलमा महिलातर्फ एभरेष्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३–० को सेटमा हरायो । यस्तै पुरुषतर्फ पनि नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० कै सेटमा पराजित गर्यो ।
अर्को खेलमा कोशीले ढोरपाटनलाई ३–१ को सेटमा र त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–० को सेटमा हराएको छ ।
यही चैत १० गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ वटा टोली खेल्दैछन् ।








