काठमाण्डौ,२९ फागुन ।
राष्ट्रिय सभा अध्यक्ष चयन गर्न आज चुनाव हुँदैछ । आज हुने राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत रहेको छ ।
यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने चर्चा चलेकाे थियो ।
माओवादीसँगको गठबन्धन टुटेपछि कांग्रेसले शर्मालाई अघि सारेको हो । राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुन ३० जना सांसदकाे समर्थन आवश्यक पर्छ ।








