काठमाण्डाै,२८ फागुन ।
संघीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज सोमवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।
राष्ट्रिय सभा अध्यक्ष चयनका लागि पर्सि मङ्गलवार चुनाव हुँदैछ । सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ ।








