काठमाडौँ,२६ फागुन ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घर घरमा देउसी खेलेर सरकार बनाउने धन्दामा कांग्रेस नलाग्ने बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कांग्रेस घर घरमा देउसी खेलेर सरकार बनाउने धन्दामा नलाग्ने बताएका हुन् ।
कांग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताउदै उनले कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुरयाउनेतर्फ नलाग्ने बताए । उनले कांग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिने बताए ।
शर्माले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पारे । उनले कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भूमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा कांग्रेस आफैँले भनेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सटट हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप लगाए ।
महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताए ।








