पाल्पा,२६ फागुन ।
महाशिवरात्रीकाे अवसरमा पाल्पाको सिद्वबाबा मन्दिरमा ४० हजार भन्दा बढी श्रद्धालुहरुले पुजन गरेका छन् ।

मन्दिरमा भारतको गोरखपुर लगायतका स्थानबाट समेत श्रद्धालु भक्तजनहरु आएकाे मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

विहान ३ बजे देखि नै श्रद्धालुहरुले मन्दिरमा पुजाको लागि पुगेका थिए ।

मन्दिरमा यो बर्ष देखि भक्तालुहरुको लागि टोकन प्रणाली लागू गरिएको थियो ।

समितिमा रहेका पदाधिकारीकाे साेचाई साघुराे रहे पनि मन्दिर प्रति भक्तजनको अगाध आस्था रहेको छ ।

महाशिवरात्री मेला तयारीका बारेमा जानकारी गराउन आयाेजित पत्रकार सम्मेलनमा समितिले आफू निकटका पत्रकारहरूलाई मात्रै आमन्त्रण गरेका थिए ।