काठमाण्डौ,२३ फागुन ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहासहित १६ जना पक्राउ परेका छन् । उनि सरकारसँगको वार्ता टोलीका संयोजकसमेत हुन् ।

संघर्ष समिति र सरकार बिच पटक–पटक वार्ता भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन ।

प्रदर्शनका क्रममा उनीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेट नम्बर ३ नजिकैबाट पक्राउ परेका सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए । पीडितहरू पूर्व र पश्चिमबाट २३ दिन हिँडेर काठमाण्डौ आएका हुन् ।