बुटवल,२३ फागुन ।
माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेलाई मागपत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष मनोज थापाको नेतृत्वमा गएको टाेलिले बुटवल नगर भित्र देखिएका शैक्षिक विकृति र समस्याहरुकाे समाधान गर्न माग गर्दै ११ बुँदे मागपत्र बुझाएको हाे ।
बुटवल उपमहानगरपालिका भित्रका विभिन्न शैक्षिक समस्याहरुको सामाधानका लागि आफ्नो संगठनले विगतमा मागपत्र बुझाएको र उक्त बिषयमा हालसम्म उपमहानगरपालिका कानमा तेल हालेर बसेकोमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको अखिल क्रान्तिकारीले जनाएको छ ।
दलालहरुको निर्देशनमा हालसम्म छलफल नगरिएको हो भन्ने हाम्रो बुझाइ रहेकोहुदा, थप मागहरु सहित छलफल र कार्यान्वयनको लागि पुनः मागपत्र पेस गरेकाे माग पत्रमा जनाइएको छ ।
उल्लेखित मागहरू र विगतमा बुझाएका मागहरू प्रती गम्भीर भइ तत्काल छलफल गरि कार्यनयन गर्न नगरपालिकालाई हार्दिक अनुरोध गर्दै माग पत्रमा आफुहरूका जायज मागहरुलाई फेरि पनि बेवास्ता गरिए चरणबद्व संर्घष गर्ने र उक्त संर्घषबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी स्वयं उपमहानगरपालिका हुने कुरा समेत चेतावनी दिइएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) स्थापनाकाल देखी राष्ट्रियता,राष्ट्रिय स्वाधीनता, जनतन्त्र,जनजिविका,स्वतन्त्रता सहितको स्वाभिमानको पक्षमा निरन्तर संघर्षरत रहि दलाल संसदीय व्यवस्था र यसद्धारा निर्देशित वर्तमान शिक्षा प्रणालीको विकल्पमा बैज्ञानिक समाजवादी शिक्षा स्थापनाको लागि आन्दोलन गर्दै शैक्षिक क्षेत्रका निजीकरण,ब्यापारिकरण,दलालिकरण,माफियाकरण,
भ्रष्टाचार,अनियमितता लगायतका विकृति, विसंगतिका विरुद्धमा निरन्तर संघर्षरत रहेको माग पत्रमा स्मरण गराइएको छ ।
यी हुन् मागहरू
१) सामुदायिक र सस्थागत विद्यालय तथा कलेजहरुमा डिआई ( डिसिपिलिन इन्चार्ज ) नामक गुण्डाहरु अनिवार्य रुपमा तत्काल खारेज गरियोस ।
(२) कुनै सामुदायिक विद्यालयमा हजारौं विद्यार्थीको चाप हुने कुनै विद्यालयमा विद्यार्थी अति न्युन हुने अवस्था अन्त्यको लागि एउटै स्थानीय तहभित्रका विद्यालयहरुमा आवश्यक शिक्षक दरवन्दी र पुर्वाधारको व्यबस्था गरियोस् ।
(३) कमिसनको नाममा गरिने गुणस्तरहिन सेनेटरी प्याड खरिद वितरण बन्द गरि गुणस्तरीय सेनेटरी प्याडको व्यवस्था गरियोस।
(४) १० प्रतिशत छात्रवृत्तिलाई अनिवार्य र पारदर्शि बनाइ कार्यन्वयन गरियोस् ।
५) निजी शैक्षिक सस्थाहरुले फेसनको रुपमा इन्टरनेसनल नाम राख्ने तर त्यस अनुसारको सेवा शुल्क तथा मापदण्ड पूरा नगर्ने गरेको हुदा ती सस्थाहरुको नामको इन्टरनेसनल तत्काल हटाउनको लागि जोडदार माग गर्दछौं ।
(६)विद्यार्थी एवम् अभिभावकको ढाड सेक्ने गरि असुल गरिएको भर्ना,खेलकुद,कम्प्युटर,परिक्षा,ट्यूसण लगायत विभिन्न नामको चर्को शुल्क (रकम) तत्काल फिर्ता गरियोस् । र यस्ता विद्यार्थी तथा अभिभावक लुट्नकै लागि बनाइने विभिन्न नामका शुल्क खारेज गरियोस् ।
(७) मन्त्री,संसद, नेता, उच्चपदस्थ कर्मचारी, बिश्वबिद्धालय र क्याम्पसका पदाधिकारीहरुले लगानी गरेका निजि शैक्षिक संस्थाहरुलाई कारवाही गरियोस् ।साथै लगानी फिर्ता नगरे सम्म त्यस्ता शैक्षिक संस्थाको सम्बन्धन खारेज गरियोस्।
(८)मन्त्री,संसद, नेता, उच्चपदस्थ कर्मचारी, बिश्वबिद्धालय र क्याम्पसका पदाधिकारीहरुका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निति अख्तियार गरि कार्यान्वयन गरियोस् ।
९) सरकारी र संस्थागत बिधालयमा प्रवेश परिक्षा (इन्टान्स) लिने र त्यस प्रवेश परिक्षाको नाममा लाखौं रकम असुल गरिएको हुदा यस्तो कार्य तत्काल बन्द गरियोस् ।
१०) सरकारी बिधालयमा स्थानीय विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर अनिवार्य भर्ना गर्ने व्यवस्था गरियोस्।
११) माथी उल्लेखित मागहरु सहित बिगतमा बुझाएका मागहरु यथाशीघ्र छलफल तथा कार्यान्वयनको लागि जोरदार माग गर्दछौं ।





