काठमाडौं,२१ फागुन ।
नयाँ सत्ता समीकरण बनेसँगै नवनियुक्त ३ मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति निवास शीतल निवासमा नवनियुक्त मन्त्रीहरु पदम गिरी, हितबहादुर तामाङ र डोरप्रसाद अर्यालको सपथ ग्रहण भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई सपथ दिलाएका हुन् । तीन जना मन्त्रीहरुको अहिले कुनै जिम्मेवारी तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ लगायतका विशिष्ठ व्यक्तित्वहरु सहभागी थिए ।
कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले सोमबार बिहान एमाले, रास्वपासहितको नयाँ गठबन्धन बनाएका हुन् ।






