बुटवल,२० फागुन ।
बुटवल टेक्निकल कलेजमा स्नातक तहको प्राविधिक शिक्षा सञ्चालन गर्ने बिषयमा बुटवल उपमहानगरपालिका, बुटवल टेक्निकल कलेज र काठमाडौ विश्वविद्यालय बिच छलफल भएको छ ।
आइतबार बुटवल उपमहानगरपालिकामा बुटवल टेक्निकल कलेज र काठमाडौ विश्वविद्यालय बिच छलफल भएको हो ।
छलफलमा बुटवल टेक्निकल कलेजका अध्यक्ष समेत रहेका नगरप्रमुख खेलराज पाण्डेयले पछिल्लो समय प्राविधिक तथा सीपमूलक शिक्षा प्रति आकर्षण बढेकाले बुटवल उपमहानगरपालिकाले बुटवल टेक्निकल कलेजमा स्नातक तहको प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना अगाडि सारेको जानकारी गराए ।
प्राविधिक जनशक्ति उत्पादनमा बुटवल टेक्निकल कलेजकाे महत्त्वपूर्ण याेगदान रहेको भन्दै उनलेे बिटिआई काे गरिमा र इतिहासलाई जिवित राख्दै अहिलेकाे भन्दा माथिल्लो तहको शिक्षा प्रदान गर्ने उपमहानगरपालिकाकाे योजना रहेको बताए ।
विश्वविद्यालय शैक्षिक प्रमाणपत्र प्रदान गर्ने थलोकाे रूपमा नभएर ब्यवहारिक हुनुपर्नेमा जाेड दिदै उनलेे टिकाउ र बिकाउ शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
बुटवल उपमहानगरपालिकाकि उपप्रमुख साबित्रादेवी अर्यालले
बुटवलमा खुला शिक्षा देखि रात्रिकालिन शिक्षण संस्था समेत रहेको स्मरण गर्दै बिटिआई मा स्नातक तहको शिक्षा प्रदान गर्न सके बुटवलको शैक्षिक इतिहासमा एउटा इट्टा थपिने बताइन् ।
कार्यक्रममा काठमाडौ विश्व विद्यालयका उपकुलपति प्राे.डा भाेला थापाले बुटवलसंग आफ्नो पुरानाे सम्बन्ध रहेको स्मरण गर्दै उपयुक्त माेडेल ल्याए बिटिआईसँग सहकार्य गर्न आफुअरू तयार रहेको बताए ।
काठमाडौ विश्व विद्यालयले लुम्बिनी बाैद्ध बिश्वबिद्धालय,मधेश विश्वविद्यालय ,गण्डकी विश्वबिद्यालयसंग पनि सहकार्य गरेेकाे जानकारी गराउदै उनलेे सहकार्यकाे उपयुुक्त माेडेल तयार भए बिटिआईसँ पनि सहकार्य गर्न सकिने जनाए ।
लुम्बिनी बाैद्व विश्व विद्यालयका रजिस्ट्रार डा तिलक आचार्यले बिगतमा बिटिआई र लुम्बिनी बाैद्व विश्व विद्यालयबीच सहकार्य गर्ने बिषयमा छलफल भए पनि टुंगोमा नपुगेको बताउदै जुन संस्थासँग सहकार्य गरे पनि बिटिआईमा माथिल्लो तहको शिक्षा प्रदान गर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उज्ज्वल कसजुले बिटिआईमा माथिल्लो तहको शिक्षा प्रदान गर्ने बिषयमा यश क्षेत्रका उद्योगी ब्यवसायीकाे सधै साथ सहयोग रहने प्रतिवद्वता ब्यक्त गरे ।





