बुटवल,१७ फागुन ।
बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा सञ्चालन भएको ३ महिने शिवशक्ति,११ अतिरुद्री, अचुतचण्डी, राष्ट्रकल्याण महायाग आज ७५ औं दिनसम्म निरन्तर जारी रहेको छ ।

गत पुस १ गते एक कार्यक्रमकाबीच गलेश्वर आश्रम देवघाट धामका पीठाधीस अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीले शुभारम्भ गरेकाे महायाग ७५ औं दिनसम्म पनि उत्तिकै उत्साहजनक रूपमा जारी रहेको आयोजकले जनाएका छन् ।

रामकाे पालामा बाहेक नेपाल भारत लगायत विश्वमा कहि कतै नभएको कठिन महायाग अब १७ दिन मात्रै बाँकी रहेकोले अभिशेष लिन छुटेका भक्तजनलाई यज्ञ स्थलमा आउन धामका सह अध्यक्ष चुरामणी पाैडेलले आग्रह गरे ।
नीलकण्ठ बाबाधाम तथा सन्ताेषी माता गुरूकुल विद्याश्रम शिवशक्ति,११ अतिरूद्री,अच्युतचण्डी,राष्ट्रकल्याण महायाग
नेपाल राष्ट्र लगायत विश्व कल्याणकाे कामना गरेर धामकी संरक्षक माता देवमाया भट्टराईकाे संकल्पबाट आयोजना गरिएको कठिन र विश्वमा कहि नभएको यज्ञकाे हिन्दु धर्मावलम्बीले एक पटक दर्शन गर्नुपर्ने यज्ञाचार्य डा राजेन्द्र रेग्मीकाे भनाइ छ ।
यज्ञ प्रचारप्रसार समितिका संयोजक समेत रहेका पत्रकार खेमराज रेग्मीले यस्तो शक्तिशाली यज्ञ बुटवलमा हुनु बुटवलको गाैरब भएको भन्दै हिन्दु धर्मावलम्बीले यज्ञकाे दर्शन गर्नुपर्नेमा जाेड दिए ।
आज ७५ औं दिनसम्म आइपुग्दा यज्ञ उत्तिकै उत्साहजनक रूपमा सञ्चालन भइरहेको धामका महासचिव तुलसीराम भट्टराईले जानकारी दिए ।
महायागमा पुर्व राजा ज्ञानेन्द्र शाह,लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी लगायत विहिष्ठ ब्यक्तित्वहरूले दर्शन गरिसकेका छन् भने कतिपय अब आउने क्रममा रहेको धामले जनाएको छ ।
यो महायाग अति नै शक्तिशाली र कठिन अनुष्ठान भएको धामका संरक्षणक तथा अध्यक्ष माता देवमाया भट्टराईले बताईन ।
पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित धाममा सञ्चालन भएको तीन महिने महायाग चैत ४ गतेसम्म चल्ने महायाग प्रचारप्रसार विभागका संयोजक गणेश पौडेलले जानकारी दिए ।
धाममा १३ औ पटक हुन लागेको महायागमा यज्ञआचार्य डा. राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी (वशिष्ट) लगायत १ सय २१ जना ब्राह्मणबाट ३ महिना अवधिभर नै बेदका रिचा, पुराणका उपासना मन्त्रजप गरिने उनले बताईन ।
महायाग सम्पन्न गर्न करीब ४ करोड रुपैया खर्च हुने अनुमान रहेको आर्थिक उपसमितिका संयोजक लेख बहादुर कार्कीले बताए ।
महायाग सफल बनाउन १९ वटा उपसमिति गठन गरिएको धामका उपाध्यक्ष रूपसिं थापाले जानकारी दिए ।
धामकी संरक्षक तथा अध्यक्ष माता देवमाया भट्टराईले बृद्वाश्रम बनाउने रकम अब गुरूकुल निर्माणमा लगाउनुपर्ने बताइन् ।
कक्षा ६ देखि १२ कक्षासम्म पठनपाठन हुने गुरुकुलमा हाल ७५ जना छात्रहरु अध्ययन गरिरहेका छन् ।






