बुटवल,१६ फागुन ।
अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्न विदेशै जानुपर्ने अवस्था नरहेको सराेकारवालाहरूले बताएका छन् ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने शिक्षण संस्था भएकोले अध्ययनका लागि विदेश जानुपर्ने अवस्था नरहेको उनिहरूकाे दाबी छ ।

काठमाण्डौकने नयाँ बानेश्वर स्थित युनिग्लोब कलेजद्वारा बुधबार बुटवलमा आयाेजित पत्रकारसँकाे अन्तरक्रिया कार्यक्रममा कजेजका प्राध्यापकहरूले उक्त कुरा बताएका हुन् ।

कलेजले नेपालको व्यवस्थापन शिक्षामा उत्कृष्ट अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान र रोजगारमुखी जनशक्ति उत्पादन गर्ने शैक्षिक सस्थाको रुपमा स्थापित भएको कलेजका प्रवन्ध निर्देशक तथा प्रिन्सिपल नरबहादुर विष्टले बताए ।

पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त साे कलेजमा बि.बि.ए, वि.वि.ए.बि.आई बैंकिङ र इन्सुरेन्स एम.बि.ए र एम.बि.ए (फाइनान्स) शैक्षिक कार्यक्रमहरू सन्चालनमा छन् ।

सन २००९ मा स्थापित यो कलेज १५ वर्षे यात्रामा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजमध्ये नेपालभरमै उत्कृष्ट नतिजा ल्याई २१ जना विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेको प्रिन्सिपल विष्टले जानकारी गराए ।

उनका अनुसार सन् २०१८, २०१९ र २०२२ मा उत्कृष्ट व्यवस्थापन कलेजको रूपमा पुरस्कृत पनि भईसकेको छ ।

कलेजका प्रिन्सिपल डा. नरबहादुर विष्ट युएईको दुबईमा आयोजित कार्यक्रममा उत्कृष्ट पिन्सिपलको रुपमा सम्मानित भएको कलेजले जनाएको छ ।

उच्च शिक्षामा विशिष्ट पहिचान बनाएका डा. खगेन्द्रप्रसाद ओझा, डा. गंगाधर दाहाल, डा. नरबहादुर विष्टले सञ्चालन गरेको यो कलेजमा स्वदेशमा मात्रै नभई विदेशमा समेत ख्याती प्राप्त अनुसन्धानमुखी कृतिका विद्वान प्रा.डा. राधेश्याम प्रधानको प्रत्यक्ष मार्गदर्शन रहेको जनाइएको छ ।

कलेजले हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र अहिलेसम्म १२ वटा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको जनाएको छ । त्यस्तै ३५ भन्दा बढी विदेशी विश्वविद्यालयसंग सम्झौता रहेको छ ।

त्यसैगरी ४७ भन्दा बढी अन्तर्राष्ट्रिय प्राध्यापकहरुले कलेजमा अध्यापन गरिसकेका छन् भने ३५० भन्दा बढी विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन तथा अनुसन्धानमुलक कार्यका लागि विदेश भ्रमण गरेका छन् । यस्ता गतिविधिका कारण कलेजको अन्तर्राष्ट्रिय छवि पनि उच्च रहेको उनले बताए ।

उद्यमशिलता विकासलाई पनि जोड दिएको कलेजले जनाएको छ । कलेजमा अध्ययन गर्ने विद्यार्थीको उद्यमशिलता विकासको लागि कलेजमा विजनेस इन्क्वेसन सेन्टर, फाइनान्स ल्याब र कम्युनिकेसन ल्याब समेत स्थापना गरिएको र नियमित व्यवस्थापन तथा उद्यमशीलता मेला, एक दर्जन भन्दा बढी सीप विकासमूलक तालिमहरु र व्यक्तित्व विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको कलेजले जनाएको छ ।

कलेजमा हालसम्म २ हजार ५५० भन्दा बढी दक्ष जनशक्ति उत्पादन भएको र उत्पादित जनशक्ति प्रतिष्ठित प्रतिष्ठानमा रोजगार तथा स्वरोजगार भएको पनि उनले बताए ।