कपिलवस्तु,१३ फागुन ।
लायन्स क्लब कपिलवस्तु तथा नेपाल अबुर्द रोग निवारण संस्था कपिलवस्तु शाखाको आयोजनामा कपिलवस्तु सदरमुकाम तौलिहवामा यहि फागुन ६ गते देखि सुरु भएको निशुल्क ध्यान शिबिर सम्पन्न भएको छ ।
बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, नेपाल योगभूमि, देवभूमि र तपोभूमि हो भन्ने सत्यलाई पुर्नस्थापित गर्न हरेक नेपालीले ध्यानयोग सिक्नुपर्छ भन्ने उदेश्यले साताब्यापी ध्यान शिबिर संचालन गरिएको आयोजक संस्थाका अध्यक्ष राजेश ज्ञवाली बताए । जीवन बिज्ञानको सहयोगमा संचालित शिविरमा कमला रायमाझी र प्रदीप कुमार बस्नेतले प्रशिक्षण दिएका थिए ।
शिविरमा ध्यान के हो ?, ध्यान किन गर्ने ?, ध्यानका फाइदा के ? न्यून तनावका साथ उच्चतम खुसी भएर कसरी जीवन जिउने, एउटै सत्संकल्पले जीवन कसरी नयाँ बाटोमा हिँडाउन सकिन्छ ?, चक्र के हो र किन गर्नुपर्छ ? जस्ता विषयमा प्रशिक्षण दिइएको राधा कृष्ण मन्दिर ब्यवस्थापनका अध्यक्ष मधुसुधन श्रेष्ठले बताए ।
प्रशिक्षक रायमाझीले सात चक्रमार्फत् खुसी र सुखी जीवन हुने, प्रेम र ज्ञान बढाउने, स्वस्थ्य र साहसी हुनेजस्ता विषय पनि बताए । हरेक बिहान योग र साधना गर्नाले जीवन दिव्य बन्ने र यसले जीवन जिउने कला सिकाउने उनको धारणा थियो ।
संस्थाका अध्यक्ष राजेश ज्ञवालीको अध्यक्षता सम्पन्न कार्यक्रममा इन्दिरा देवकोटा, कस्तुरा सिग्देललगायतले ध्यान शिविरकाे महत्त्वबारे आ आफ्नो भनाइ राखेका थिए ।
शिविरमा ४५ जना बढिको सहभागिता रहेको जनाइएको छ ।