बुटवल,१३ फागुन ।
बुटवलसहित देशभर दादुरा—रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ ।
रुपन्देहीकाे बुटवल उपमहानगरपालिकामा नगर प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिका वडा न ११ स्थित प्रगति मा वि खाेप केन्द्रमा अभियानकाे सुभारम्भ गरे ।
खाेप अभियानकाे शुभारम्भ गर्दै नगर प्रमुख पाण्डेले दादुरा रूबेला राेग बिरूद्वकाे खाेप अभियानकाे रूपमा सञ्चालन भएको भन्दै खाेप लगाउन काेही पनि छुट्न नहुने बताए ।
नगर उपप्रमुख सावित्रा देवी अर्यालले स्वास्थ्य मानव जिवनकाे महत्त्वपूर्ण पाटाे भएको भन्दै खाेप अभियानमा सबैकाे सहयोग जरुरी रहेको बताइन् ।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बुटवल उपमहानगरपालिका भित्रका करिब ५५ हजार बालबालिकालाई दादुरा रूबेला खाेप लगाउने तयारी भएको जानकारी दिए ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले
जिल्लामा ९ महिनादेखि १५ बर्ष उमेरका ३ लाख १४ हजार ७३८ जना बालबालिकालाई दादुरा-रुबेला बिरूद्वको खोप लगाउने योजनाका साथ व्यवस्थापनमा जुटेको जानकारी दिए ।
रुपन्देहीमा दुई चरणमा गरी ३ लाख १४ हजार ७३८ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने उनले बताए ।
खोप अधिकृत शर्माका अनुसार पहिलो चरणमा फागुन १३ देखि १७ गतेसम्म बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गरी नौवटा पालिका र दोस्रो चरणमा फागुन २० देखि २४ गतेसम्म गैडहवा, कञ्चन, सैनामैना, सममरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गरी सात पालिकामा यो खोप अभियान सञ्चालन हुनेछ ।
रुपन्देहीमा अभियान सफल बनाउन १ हजार एक सय खोपकेन्द्र सञ्चालन गरिने छ भने २ हजार २ सय खोपदिने स्वास्थ्यकर्मी, ३ हजार ३ सय स्वयम्सेवक परिचालन गरिनेछ । यस्तै ३४ हजार ९३६ भायल भ्याक्सिन र ३ लाख ९१ हजार ५०४ वटा सिरिन्जको समेत व्यवस्था भइसकेको खोप अधिकृत शर्माले बताए ।
खोप अधिकृत शर्माले दादुरा-रुबेलाबाट संक्रमित एकजना बालकले १८ जनासम्मलाई सार्न सक्ने भएको र यही किसिमबाट संक्रमण पैmलिँदै गएमा महामारीको रुप लिने भएकाले कुनै पनि बालबालिका नछुट्ने गरी खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्न लागिएको हो । यो खोप थप मात्रा भएकोले पहिले नियमित खोप लगाएका बालबालिकाहरुले पनि अनिवार्यरुपमा लगाउनुपर्ने खोप अधिकृत शर्माको भनाइ छ ।
दादुरा-रुबेलाबाट तराईका जिल्लाका साथैं काठमाडौं उपत्यकाका बालबालिका बढी प्रभावित हुने भएकोले यी ठाउँका १५ वर्षसम्मका बालबालिकालाई यो खोप दिइने छ भने अन्य जिल्लाका ५ वर्षसम्मका बालबालिकाले यो खोप प्राप्त गर्नेछन् । स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले दादुरा-रुबेलाबाट ५ वर्षमुनिका बालबालिका बढी प्रभावित हुने बताउँदै सरकारले सुरु गर्न लागेको अभियानबाट बालबालिकालाई नछुटाउन आग्रह गरे ।
फागुन १३ गते आज बाट सञ्चालन हुने भएको छ । गत वर्ष कतिपय जिल्लामा दादुरा-रुबेलाको संक्रमण देखा परेपछि सरकारले यसवर्ष फागुन १३ देखि २४ गतेसम्ममा ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्न थालेको हो ।