कपिलवस्तु,२४ साउन ।
गत शुक्रबार साँझबाट सम्पर्कबिहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख एवं नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन् । उनी आइतबार गोरुसिंगेको जंगलमा मृत फेला परेका हुन् । शुक्रबार साँझ साढे ५ बजेबाट उनी सम्पर्कविहीन थिए । प्रहरीले तालिम प्राप्त कुकुर र आवश्यक जनशक्ति परिचालन गरेर खोजी गरे पनि उनको अवस्था खुल्न सकेको थिए । जसले परिवार चिन्तित थियो ।
कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहरप्रसाद भट्टले सिंह मृत फेला परेको जनाए । सिंहको खोजी गर्न भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको के नाइट शाखाबाट तालिम प्राप्त कुकुर र ड्रोनबाट शनिवार दिनभर खोजी गरिए पनि कुनै कुरा जानकारीमा आउन सकेको थिएन ।
नगर प्रमुख सिंह तौलिहवा–गोरुसिंगे सडक खण्डअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित ढेकरी जंगलबाट सम्पर्कविहीन भएका थिए । खोजी गर्ने क्रममा आइतबार फेला परेका हुन् । उनको खोजीमा ८० भन्दा बढी नेपाल र ५० जना सशस्त्र प्रहरी र एक सय हारहारी स्थानीयले शनिबार दिनभरि खोजी गरेका थिए ।






