बुटवल,१० फागुन ।
बुटवलमा फेलिक्स इस्ट्रन बुटवल एजुकेशनको बुटवलमा शाखा विस्तार भएको छ ।
वैदेशिक अध्ययनमा जाने युवाहरुलाई मध्यनजर गर्दै बुटवलमा कन्सल्टेन्सीको सुभारम्भ गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा कन्सल्टेन्सीका प्रवन्ध निर्देशक नेत्रजंग पाण्डेले लामो समय आफू अष्ट्रेलियामा बसोबास गरेको कारण त्यहाँको वातावरण राम्रोसंग बुझेकोले त्यहाँका लागि अधययन तथा राेजगारीकाे परामर्श सेवा प्रवाह गरेको बताए ।
गोर्खा हार्वेसटिङ र एटु जेड स्टाफिङ गरि दुई वटा लाईसेन्स प्राप्त कम्पनी समेत संचालन गरेको उनले बताए । कृषि र जनशक्ति उपलब्ध गराउने गरि कम्पनीबाट पार्ट टाईम रोजगार समेत दिन सफल भएको उनले बताए । पहिलेको तुलनामा पछिल्लोसमय विद्यार्थीहरुले गलत कागजी प्रक्रियाका कारण भिसाको समस्या देखिएको उनले बताए । अष्ट्रेलिया, युके, युएसए, क्यानडा, न्युजिल्यान्डमा पठाउदै आएको उनले बताए । युवाहरुको वैदेशिक चाहना अनुसार अन्य देशको काम गर्ने उनले बताए।
प्रालिका म्यानेजिङ डाईरेक्टर रोशन भुषालले दक्ष प्रशिक्षकहरुबाट आयल्स, पिटिई, युकेभिआई क्लासहरु दिईने बताए । काउन्सिलिङको कामसंगै ट्रेनर झिकाएर नै सीपमुलक आवश्यकता अनुसार तालिमहरु दिदै आएको उनले बताए ।
प्रालिका जुना परियारले वैदेशिक अध्ययनमा जाने युवाहरु जो कठिनाईमा परेको समस्या छ।यस्तोमा उनिहरुलाई सहयोग गर्ने लक्ष्यसहित स्थापना गरिएको बताईन । विद्यार्थीहरुलाई जान भन्दा अघि नै सहि सुचना पाउने ब्यवस्था र आवश्यक सहयोग गर्ने उदेश्यका साथ स्थापना गरिएको बताए ।
साथै अष्ट्रेलिया, काठमाडौ र फिलिपिन्समा पनि कन्सल्टेन्सीको सेवा दिने उनलेे बताए ।