बुटवल,२ फागुन ।
नाेवेल इन्भारमेन्ट एकेडेमी तिलाेत्तमा १५ काेटिहवा १३ औं बार्षिकाेत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

एकेडेमी सञ्चालक समितिका अध्यक्ष पुर्ण बहादुर गुरूङकाे सभापतित्व र लुम्बिनी बाैद्व विश्व विद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख नीर गुरूङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरूङले शिक्षाको विकास बिना मुलुककाे समग्र विकास सम्भव नभएको बताए ।

समय सापेक्ष र विश्वमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा अहिलेकाे आवश्यकता भएको भन्दै उनलेे नाेवेल इन्भारमेन्ट एकेडेमीबाट प्राप्त शिक्षा त्यसतर्फ उन्मुख रहेको उल्लेख गरे ।

हरेक क्षेत्रमा अवसर र चुनाैती दुबै रहने भन्दै क्याम्पस प्रमुख गुरूङले जुनसुकै चुनाैतिकाे सामना गर्दै एकेडेमी लक्ष्यमा पुगाेस भन्ने शुभकामना ब्यक्त गरे ।

पशुपति क्याम्पस काेटिहवाका क्याम्पस प्रमुख जित बहादुर रास्काेटीले त्यस क्षेत्रकाे शैक्षिक विकासमा नाेवेल एकेडेमीको भुमिका महत्त्वपूर्ण रहेको भन्दै भविष्यमा पनि अझै राम्रो गर्दै जाने विस्वास ब्यक्त गरे ।
टाढा गएर अध्ययन गरे राम्रो हुन्छ भन्ने मानसिकताका कारण स्थानीय स्तरमा रहेका शिक्षण संस्थामा प्रति आकर्षण बढ्न नसकेको भन्दै उनलेे आफ्नै ठाउँमा स्तरीय पठनपाठन हुँदाहुँदै अन्यत्र जान जरुरी नभएको बताए ।

कार्यक्रममा एकेडेमीका कार्यकारी निर्देशक सुन्दर गुरूङले प्रविधिको विकाससँगै पछिल्लो समय राेवाेटबाट काम गराउने क्रम सुरु भएको भन्दै आगामी २५ बर्षमा राेजगारीकाे समस्या थप बढेर जाने सम्भावनालाई मध्यनजर गरि विद्यार्थीहरूलाई बहुआयामिक सीपयुक्त शिक्षा प्रदान गर्ने प्रयास गरेको जानकारी गराए ।

त्यस्तै एकेडेमीका प्रधानध्यापक खीनु गुरूङले बार्षिक प्रतिवेदन पेस गर्दै १३ बर्ष अगाडि ५ जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा हाल मण्टेश्वरीदेखि कक्षा ९ सम्म ५१२ जना बिद्यार्थी अध्ययनरत रहेको जानकारी गराउदै क्रमशः कक्षा थप गर्दै लैजाने योजना रहेको बताइन् ।

कक्षा काेठाकाे सिकाईका अलावा एकेडेमीमा अतिरिक्त क्रियाकलाप र नर्स सहितको प्राथमिक स्वास्थ्य उपचार कक्ष समेत रहेको उनलेे जानकारी गराइन् ।

सीमरन रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा जापान गाेजुरियाे कराते डाे मिशन संघका केन्द्रीय अध्यक्ष केबी राना,शिक्षक रक्षा सिंह लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

साे अवसरमा विभिन्न विधाामा उत्कृष्ट शिक्षक,विद्यार्थीहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।