काठमाण्डाै,१ फागुन ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीका एक शिक्षिकविरुद्ध विशेष अदालत मुद्दा दायर गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–८ को श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

शिक्षक शर्माले भारतको उत्तर प्रदेशबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेस गरी शिक्षक पदमा नियुक्त भएको अख्तियारले जनाएको छ ।