बुटवल,२२ माघ ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपालले कैलालीको लम्कीचुहा नगरपालिकाको शिक्षा शाखा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको छ ।

शिक्षक नियुक्तिमा भष्ट्राचार गरेको लगायतका ६ बुदें अभियोग सहित संगठनले सोमवार न्यौपानेलाई कालोमोसो दलेको साे संगठनले जनाएको छ ।

न्यौपाने माथि ४७ जना शिक्षक नियुक्तिमा जनही १ देखि ३ लाख रुपैया सम्म कमिशन लिएको, नगरस्तरीय खेलकुद र सामाग्री खरिद एंव बिद्यालयको भौतिक निर्माणमा भष्ट्राचार गरेको, बिभिन्न सरोकारवालाहरुलाई धम्की दिने गरेको, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई अभद्र ब्यवहार गरेको, सरकारी सवारी साधन बिदाको दिन दुरुपयोग गरेको लगायतका आरोप संगठनले लगाएको छ ।