लुम्बिनी,१३ माघ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वचर्चित हलिउड अभिनेता जेट ली विश्व शान्तिको प्रार्थना गर्दै बसेका छन् ।
उनी बिहीबारदेखि लुम्बिनीमा सुरु भएको बुम्चोक पूजामा आएका हुन् । महायानी अन्तर्गत् महागुरूको स्मृतिमा सुरु भएको ५ दिने शान्ति पूजामा उनी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बस्ने गरेका छन् ।
पूजामा उनी विभिन्न मन्त्रहरु उच्चारण गरेर प्रार्थना गर्दै, माला गन्दै ध्यानमा बस्ने गरेका छन् । बेला-बेलामा उनले दिप प्रज्जवलन पनि गर्छन् । उनी सोमबारसम्मै लुम्बिनीमा पूजामा सहभागी हुने जनाइएको छ । बौद्ध धर्मावलम्बी उनी तिब्बतियन बुद्धिज्मका प्राक्टिसनर हुन् ।
धार्मिक तीथयात्रामा आएका उनले केही नबोल्ने बताए । ६१ वर्षे अभिनेता ली चिनियाँ मार्शल स्टार, अभिनेता र फिल्म निर्माता समेत हुन् ।
उनले सन् १९८२ मा चिनिया फिल्म ‘शाओलिन टेम्पल’ बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए । सन् २००० को फिल्म ’रोमियो मस्ट डाइ’ उनको पहिलो हलिउड प्रोजेक्टले एक सय ३० मिलियन डलर कमाएको थियो ।






