काठमाडौं,१० माघ ।
यू-१९ क्रिकेट विश्वकपमा समुह डी अन्तर्गतको खेलमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभर पूरा खेली १ सय ९७ रनमा अलआउट भयो ।

नेपालका लागि विपिन रावलले सर्बाधिक ३९ रन बनाएका थिए । त्यस्तै दीपक डुम्रेले २६ रन बनाए भने कप्तान देव खनालले २३ रन बनाएका थिए । त्यस्तै गुलशन झाले १८, दिपेश कँडेलले १३, सुबास भण्डारीले २० रन बनाएका थिए । त्यस्तै अर्जुन कुमाल र आकाश त्रिपाठीले ६-६ रन बनाए भने उत्तम मगरले ४ तथा आकाश चन्दले अविजित १६ रन बनाएका थिए ।

साे खेलमा पाकिस्तानका बलरले २४ रन अतिरिक्त रन दिएका थिए । त्यसैगरी पाकिस्तानका बलर अराफात मिनहासले सर्बाधिक ३ विकेट लिएका थिए भने अहमद हुसैन र उबैद शाहले २-२ विकेट लिएका थिए । त्यसैगरी खुबैब खलिल, मोहमद जीशान, अलि असफन्डले एक एक विकेट लिए ।