गुल्मी,२१ पुस ।
लियो जिल्ला परिषद ३२५ पी नेपाल अन्तर्गतको एरिया सिद्धबाबाको आयोजनामा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका – १ अस्लेवा राममबारी स्थित राममबारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामाग्री र खेलकुद सामाग्री वितरण गरेको छ ।
त्यस क्रममा स्थानीय बासिन्दाहरूको स्वास्थ्य परीक्षण शिविर समेत सम्पन्न भएको परिषद्ले जनाएको छ ।
विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा, विभिन्न शैक्षिक सामाग्री र खेलकुद सामाग्री वितरण गरिनुका साथै १०० जना भन्दा बढीको स्वाथ्य परीक्षण र परामर्श समेत दिइएको थियो ।
एरिया चिफ लियो केशव पाण्डेको अध्यक्षता र सत्यवती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अर्जुन कनौजेको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लियो जिल्ला परिषद ३२५ पी नेपालका जिल्ला सचिव लियो श्रीधर बस्याल, लियो जिल्ला पसिषद ३२५ पी नेपालका वरिष्ठ अध्यक्ष सल्लाकार लियो लायन यमलाल पाण्डे, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष एबम् स्वास्थ्य शिविरका संयोजक लियो लायन काशीराम रेग्मी, सदस्य लियो राहुल कोहार,लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका अध्यक्ष लियो जीवन थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन पाण्डे, विद्यालयका प्रधानाध्याक राम प्रसाद पाण्डे, लगायत अन्य समाजसेवी व्यक्तित्वहरुको समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै अतिथिहरुले बुटवलमा कार्यक्षेत्र रहेर पनि आफू जन्मेको गाउँमा यसरी कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै उक्त सामाजिक कार्यको प्रसंशा समेत गरेका थिए ।
लियो चिफ केशव पाण्डेले आफू जन्मेको ठाउँमा लियोको माध्यमबाट यसरी कार्यक्रम गर्न पाउँदा गर्व महशुस भएको बताउँदै कार्यक्रम सफल पार्नको लागि सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद तथा आभार प्रकट गरे ।
त्यसैगरी स्वास्थ्य शिविर संयोजक लियो लायन काशीराम रेग्मीले यसरी कार्यक्रमको आयोजना गरी सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रम एरिया डेपुटी चिफ लियो हिमाल खनालकाे सञ्चालनमा भएको हो ।






