बुटवल,१५ पुस ।
विकास निर्माणमा राजनीति भन्दामाथि उठेर सबै एक ठाउँमा उभिनुपर्ने सराेकारवालाहरूले बताएका छन् ।

आइतबार रूपन्देहीको गैडहवा गाउपालिका ६ सुर्यपुरामा आयाेजित सुर्यपुरा बहुमुखी क्याम्पसकाे प्रथम साधारणसभामा बाल्ने सराकारवालाहरूले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा गाउपालिकाकि उपाध्यक्ष माधुरी जैसवालले क्याम्पस सञ्चालनका लागि पालिकाले सक्दाे सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरिन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत रहेका पुर्व गाउपालिका अध्यक्ष बच्चु केवटले यस क्षेत्रमा क्याम्पस सञ्चालन गर्नु चुनाैतिपुर्ण रहेको भन्दै सबैको सहयोग जरुरी रहेको बताए ।

क्याम्पस स्थापनाकाे आफ्नो छुट्टै ऐतिहासिक महत्त्व रहेको भन्दै उनलेे क्याम्पसलाई थप प्रभावकारी बनाउने बिषयमा आफुले सराेकारवालाहरूसँग परामर्श गरिरहेको जानकारी गराए ।

यस क्षेत्रका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्न अन्यत्र जान नपराेस भनेर क्याम्पस स्थापना गरिएको भन्दै उनलेे आगामी दिनमा थप संकाय सञ्चालन गर्ने योजना रहेको बताए ।

कार्यक्रममा गैडहवा गाउपालिका वडा नं ४ वडा अध्यक्ष
सुरेन्द्र सि कुर्मी, लुम्बिनी प्रदेश उद्योग तथा यातायात ब्यवस्था मन्त्रालयका अधिकृत टुकराज पाण्डे,क्याम्पस प्रमुख कैलाश यादव,क्याम्पसका संस्थापक प्राध्यापक रामवली यादव,सुर्यपुरा मावि प्रध्यानध्यापक रामजी आचार्य,समाजसेवी रामकिशन नायक,क्याम्पस सभा सदस्य तथा भवन निर्माण समिति संयोजक तिलक प्रसाद रिजाल,समाजसेवी दान बहादुर घर्ती, प्राध्यापक माेरध्वजसिंह महन्थ,प्राध्यापक
चुडामणिा पाैडेल, प्राध्यापक उमेश यादव,समाजसेवी
नरेन्द्र प्रताप सिं लगायतले क्याम्पस यस क्षेत्रकाे गहना भएकोले क्याम्पसकाे विकासका लागि सबैको सहयोग जरुरी रहेकोमा जाेड दिए ।

हाल ब्यवस्थापन संकाय मात्रै पढाइ हुदै आएको क्याम्पसमा
१७५ विद्यार्थी अध्ययन गरिरहेकाे अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए ।

साधारणसभाले बिधान संसाेधन लगायतका एजेन्डामा छलफल गरि पारित गर्ने कार्यक्रम रहेको छ ।