मुम्बइ,३० मंसिर ।
रणवीर कपूरको फिल्म ‘एनिमल’ले बक्स अफिसमा आफ्नो वर्चस्व कायम राखेको छ । फिल्मले हरेक दिन करोडौंको कमाई गरिरहेको छ ।

अब यो फिल्मले नयाँ कीर्तिमान बनाउने क्रममा रहेको बताइएको छ । भारतबाहेक विदेशमा पनि ‘एनिमल’ले तरङ्ग मच्चाइरहेको छ । फिल्मको विश्वव्यापी कलेक्सनको पछिल्लो तथ्यांक बाहिर आएको छ ।

फिल्म ‘एनिमल’ ले अहिलेसम्म विश्वभर उत्कृष्ट कलेक्सन गरेको छ । आज अर्थात १६ औं दिन फिल्म ८ सय करोड क्लबमा प्रवेश गर्दैछ । सैकनिल्कको रिपोर्ट अनुसार ‘एनिमल’ ले १६ दिनमा विश्वभर ७९६ करोड भारु कलेक्सन गरेको छ। यसरी यो रणवीर कपुरको करियरको पहिलो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

सन्दीप रेड्डी वांगाले ‘एनिमल’ निर्देशन गरेका हुन् । यसमा रणवीर कपूरका अलावा अनिल कपूर, रश्मिका मन्डन्ना र तृप्ती डिमरीको मुख्य भूमिका छ । यससँगै बबी देओलले खलनायकको भूमिका निर्वाह गरेर फ्यानको मन जितेका छन् ।