काठमाडौं,२९ मंसिर ।
नेपाली कांग्रेसले फेरि महासमिति बैठक तेस्रो पटक सरेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गते गर्ने निर्णय गरेको हो । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो ।

तर, सो मितिमा गर्न नसकिने भन्दै सारेर पुस १६ देखि १९ सम्म पुर्‍याइएको थियो ।

यसअघि पुसको जाडोमा जिल्ला जिल्लाबाट सदस्य आउन गार्‍हो हुने भन्दै फागुनमा बैठक सार्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा प्रस्ताव राखेका थिए ।