काठमाडाैं,२४ मंसिर ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा पुन: समस्या देखिएपछि उनी मंसिर १९ गते रति बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।

मुटुको नशा खुम्चिएको एन्जियोप्लास्टी सर्जरीपछि स्वास्थ्यमा सुधार भएसँगै आइतबार उनी डिस्चार्ज भएको गृहमन्त्रालयले जनाएको छ । केही समयअघि चीन भ्रमणमा रहँदा पनि उनी गम्भीर बिरामी परेर उपचारपछि नेपाल फर्किएका थिए ।